|
नेपाल सरकार
(कार्य विभाजन)
नियमावली, २०६४ अनुसार विज्ञान तथा प्रविधि मन्त्रालयले सम्पादन गर्नु पर्ने कार्यहरु
निम्न विषयहरुसंग सम्वन्धित रहेका छन् ।
१) विज्ञान तथा प्रविधिको विकास तथा विस्तारका कार्यक्रमहरु,
२) विज्ञान तथा प्रविधिको को क्षेत्रमा भएका प्रगतिहरुको अन्वेषण र
अनुसन्धान,
३) विज्ञान तथा प्रविधि
सम्बद्ध विश्वविद्यालयहरुसँग सर्म्पर्क र समन्वय,
४) विज्ञान तथा प्रविधिसँग सम्बन्धित सामग्रीहरुको उत्पादन,
आपूर्ति र व्यवस्थापन ,
५) अत्याधुनिक प्रविधि विषयक तथ्याङ्क सङ्कलन,
प्रशोधन र र्सर्भेक्षण ,
६) विज्ञान तथा प्रविधि विषयक राष्ट्रिय,
क्षेत्रीय तथा अन्तर्रार्ट्रिय सम्मेलन, कार्यशाला र
गोष्ठीहरु,
७) विज्ञान एवं प्रविधि विषयक द्विपक्षीय र बहुपक्षीय सम्झौता एवं
समझदारी पत्रहरु,
८) विज्ञान तथा प्रविधि विषयक अन्तर्रााट्रय संस्थाहरुसँग सर्म्पर्क
तथा समन्वय,
९) नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान,
१०)
विज्ञान तथा प्रविधि परिषद्
११) राष्टि्य
विधि विज्ञान प्रयोगशाला सम्बन्धी,
१२) जल तथा मौसम
विज्ञान विषयक अध्ययन,
अनुसन्धान र भविष्यवाणी,
१३) सूचना प्रंविधिको विकास तथा विस्तार ,
१४) प्लानेटोरियम, वेधशाला र विज्ञान संग्रहालय
।
मन्त्रालयको भूमिका विशेषतः प्रवर्द्धक (Promoter), सहजकर्ता (Facilitator) र नियामक (Regulator) को रुपमा रहेको छ ।
|